नमुना सामुदायिक वनको अध्यक्षमा आचार्य बिजयी

  विमल दहाल

 1521 पटक हेरिएको

माई।इलामको माई नगरपालिका वडा नम्बर २ र ४ मा रहेको नमुना सामुदायिक बन उपभोक्ता समुहको निर्बाचनबाट अध्यक्ष पदमा छबिलाल आचार्य बिजयी भएका छन ।
पदाधिकारी तथा सदस्यहरुको चयनका लागि शनिबार संसदीय चुनावको झल्को दिने गरि भएको वन उपभोक्ता समितिको निर्वाचनमा आचार्य २ सय १८ मत पाएर बिजयी भएका हुन । उनका निकटतम् प्रतिस्पर्धी गोबिन्दप्रसाद दहालले एक सय ३९ मत ल्याएका थिए ।
अर्का अध्यक्षका उमेरद्धार तुलबहादुर तामाङ्गले भने ३५ मत पाएका थिए । लामो समयदेखि पदाधिकारी बिहीन रहेको सामुदायिक बनको केही पदमा सहमतिका हुन नसक्दा निर्बाचन भएको थियो । शनिबार अध्यक्ष, सह)सचिव र दुई खुल्ला सदस्यहरुको लागि चुनाव भएको थियो भने अन्य पदहरुमा भने सहमति भएको निर्वाचन समितिका संयोजक हरीप्रसाद पौड्यालले जानकारी दिए । निर्वाचनबाट सह)सचिवमा राम राईले २ सय ५६ मत ल्याउदै निर्वाचित भएका छन् उनका प्रतिस्प्रर्धी राधाकृष्ण अधिकारीले ५१ मत पाएका छन । चार सय ५० मतदाता रहेको बन समुहको खुल्ला सदस्यमा बालकृष्ण पौड्याल र गोपीलाल आचार्य बिजयी भइका छन पौड्यालले २ सय ५९ र आचार्यले १६२ मत पाएका थिए । प्रतिस्पर्धि हरी प्रसाद भट्टराइले १५५ मतका साथ पराजीत भएका थिए ।
यस अघि सहमतिका आधारमा बरिष्ठ उपाध्यक्षमा दल बहादुर शंकर, उपाध्यक्षमा प्रेमप्रसाद दुलाल, सचिबमा जुनु राई, कोषाध्यक्षमा लक्षुमण आले मगर तथा महिला सदस्यहरुमा चन्द्रकुमारी रेग्मी, राधिका दियाली, नेत्रकुमारी खनाल, तारा चम्लागाई, अम्बिका चौहान, समिक्षा लोक्त्ताम र शान्ता शिवाकोटी चयन भई सकेको बन समुहले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार