कन्दङवाले दिए जाडोमा विद्यार्थीलाई न्यानो कपडा

सेवा नै धर्म हो

  सुजता सुनुवार

 1097 पटक हेरिएको


इलाम । जाडोमा जो कोहिलाई न्यानो कपडा अनिवार्य जस्तै हुन्छ । सामुदायिक विद्यालयमा अध्यनरत सवैलाई त्यस्तो कपडा कहाँ मिल्ने ? तर इलामका एउटा स्कुलका विद्यार्थीलाई यो जाडोमा न्यानो कपडा मिलेको छ । उपलब्ध गराएका हुन् शिसिर कन्दङवाले । उनले जाडो छल्नका लागि इलामको देवकोटा आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरे । सरकारी नोकरीमा क्रियाशील कन्दङवाले १८ हजार रुपैयाँ बराबरको ५३ थान स्वीटर विद्यार्थीलाई वितरण गरेको जानकारी गराए । उनले अघिल्लो वर्षपनि कापी किताव बोक्ने प्रयोजनको लागि झोला दिएका थिए । त्यती मात्रै होइन अघिल्लो वर्ष देवकोटा आधारभूत विद्यालयका विद्यार्थीलाई खाजा उपलब्ध गराए । शुक्रबार उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर तामाङ्गको अध्यक्षतामा स्वीटर वितरण गरे । गाउँका बुद्धिजीवि दलबहादुर योञ्जनको प्रमुख आतिथ्यतामा विद्यालयका प्रद्यानाध्यपक सरोज कन्दङवालाई विद्यालयका सवै विद्यार्थीका लागि एक÷एक थान स्वीटर हस्तान्तरण गरेको सरोज कन्दङवाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार