अमर ट्रुपको दोस्रो दिक्षान्त समारोह सप्पन्न

क्यान्सर पीडित ज्याेतीलाई आर्थिक सहयाेग

इलाम । इलाम नगरपालिका बरबोटे स्थिति अमर माध्यमिक विद्यालयमा संचालित अमर स्काउट दलमा आबद्ध विद्यार्थीहरुको दिक्षान्त सम्पन्न भएको छ।

अमर स्काउट दल समितिका अध्यक्ष तथा बिद्यालयका प्रअ साेमनाथ निरौलाको अध्यक्षता तथा शिक्षक अभिभावक सघका अध्यक्ष खुस बहादुर लिम्बुको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा जिल्ला स्काउट इलामका जिल्ला आयुक्त कृष्ण कुमार घले, बिद्यालय ब्यबस्थापन समितिका सदस्य पुनम भट्टराई, सहायक प्रअ जयनारायण भट्टराई  लगायतले शुभकामना मन्तब्य राखेका थिए । दल समिति अध्यक्षकाे अध्यक्षतामा सम्रपन्न  कार्यक्रममा स्काउटर प्रेमराज लिम्बुले स्वागत गरेका थिए । कार्यक्रममा स्काउटर अर्जुन शर्माले स्काउटको प्रतिबेदन प्रस्तुत गरेका थिए। छिमेकी विद्यालयका स्काउटरहरुको समेत उपस्थिति रहेको कार्यक्रममा ४५ जना नयाँ स्काउट विद्यार्थीले सपथग्रहण पश्चात स्काउट सदस्य ब्याज, विश्व ब्याज र स्काफबाट दिक्षित भएका थिए ।

गतसाल दिक्षित भएका ३८ जनाले दोस्रो तहको अन्नपूर्ण ब्याज प्राप्त गरेका छन् ।हाल अमर माविमा ८३ जना स्काउट विद्यार्थी रहेका छन् । हरेक हप्ताकाे शुक्रबार स्काउट शिक्षा र तालिम सञ्चालन गर्दै आएको अमर स्काउटले  स्थानीय र जिल्ला स्थित कार्यक्रममा सहभागीता जनाउदै आइरहेको छ।

कार्यक्रमकै अवसर पारेर विद्यालयमा  अध्ययनरत विद्यार्थी गिजाको क्यान्सर भएर अप्रेसन पश्चात् उपचाररत ज्योति राईलाई अमर स्काउटले दिपावली को अवसरमा खेलेको देउसीबाट उठेको रकम २५ हजार रुपैयाँ बिद्यालयका प्रअ निराैलाले ज्योती राइलाइ हस्तान्तरण गरेका छन् ।यस अघि स्काउटले संकलन गरेर  ७० हजार रुपैयाँ सहयाेग दिइसकेकाे छ । आज ज्योति आफैं डाक्टरसँग बिदा लिएर बिद्यालयका साथीहरू र शिक्षक भेट्न बिद्यालय आएको बेला साे रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा देउसी भैलोमा सहभागी विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो। कार्यक्रमको अबसरमा स्काउट विद्यार्थीले मार्चपास र नृत्यहरु प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार