देउमाई नगरपालिका स्थित सयपत्री विद्यामन्दिरले इलाम गोलाखर्कमा रहेको राहसल बाल अनाथालयका विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी प्रदान गरेको छ ।
अनाथालयमा सोमबार आयोजित एक कार्यक्रममा अनाथालयका १६ जना विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी प्रदान गरेको हो । सयपत्री विद्यामन्दिरमा गठित बाल क्लब र विद्यालयले संयुक्त रुपमा सो सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि गणेश बरालले विद्यालयको तर्फबाट बालबालिकालाई सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्याब्सन इलामका सचिव छवि लम्साल, राहसल अनाथालयका राजेन्द्र चौहान र यसपत्री विद्या मन्दिरका निर्देशक बुद्ध राईले मन्तब्य राखेका थिए ।