क्याम्पस प्रमुख सहित दुई सहायक प्रमुखलाई विद्यार्थीले ३ घण्टा कार्यकक्षमा थुने

  सरलपाटी संवाददाता

 1073 पटक हेरिएको


इलाम–इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका क्याम्पस प्रमुखसहित दुई सहायक प्रमुखलाई विद्यार्थीले आइतबार कार्यकक्षमै थुनेका छन् । महेन्द्र रत्न बहुमुखी क्याम्पस अन्तर्गत कृषि तथा पशु विज्ञान (वागवानी संकाय) मा स्नातक तह तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पस प्रमुख रामप्रसाद गुरागाईं र सहायक क्याम्पस प्रमुखद्वय पूर्ण ढुङ्गाना र पुष्प ढुङगानालार्ई कार्यकक्ष मै थुनेका हुन् । विद्यार्थीहरुले आफ्नो माग प्रति वेवास्ता गरेको भन्दै शिक्षकहरुलाई थुनेका हुन् ।
क्याम्पसले सम्बोधन गर्न सक्ने मागहरु पूरा गर्ने र अन्य मागहरु पूरा गर्नका लागि माथिल्लो निकायमा पहल गर्ने सहमति पछि विद्यार्थीहरुले शिक्षकहरुलाई छोडेका थिए । तर, सहमति लेख्ने क्रममा सबै माग पूरा गर्ने कुरा नलेखिएकाले क्याम्पस प्रमुखको कार्यकक्षमा विद्यार्थीहरुले ताला लगाएका छन् । क्याम्पस प्रशासनले आफ्ना मागप्रति बेवास्ता गरेकाले आन्दोलित हुनु परेको विद्यार्थी किशोर आचार्यले बताए ।
तेस्रो वर्ष उत्तीर्ण पश्चात कृषि तथा पशु विज्ञानमा स्नातकोत्तर तह पढ्न पाउनु पर्ने, बागबानी बाहेक अन्य विषयमा एमएससीएजीमा भर्ना भई लोक सेवाको परीक्षामा समावेश हुन पाउनु पर्ने, परीक्षा शुल्क बापत हरेक शैक्षिक सत्रमा ८ हजार ५ सय तिर्दै आएको भए पनि हाल आएर परीक्षा शुल्कमा ५ सय बृद्धि गरिएकोले फिर्ता हुनुपर्ने लगायतको माग राख्दै विद्यार्थीहरुले कार्यकक्षमा ताला लगाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार