इलाम नगरपालिका वडा नं.४ माइपोखरी सडक छेउ घलेटारमा रहेको पाथीभरा संरक्षण समितिको पहिलो अधिवेशनले सुर्यकुमार रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
नयाँ कार्य समितिको उपाध्यक्ष द्वयमा अप्सरा गुरुङ्ग र डिल्लीराम घिमिरे रहेका छन् । यसरीनै समितिको सचिवमा गायत्रीप्रसाद बजगाईं, सहसचिवमा ओमबहादुर खत्री, कोषाध्यक्षमा लेखनाथ लम्साल रहेका छन् । समितिको सदस्यहरुमा घनेन्द्र मुखिया, पदम गुरुङ्ग, प्रमिला खत्री, यामबहादुर कार्की, योग्यकुमारी घिमिरे, सुष्मा दुलाल र प्रमोनन्द दुलाल रहेका छन् । अधिवेशनले टंकबहादुर खत्रीको संयोजकत्वमा तीन सदस्य लेखा समिति पनि गठन गरेको छ । लेखा समिति सदस्यहरुमा छवि लम्साल र ज्ञानबहादुर खत्री रहेका छन् ।
तदर्थ समितिका अध्यक्ष हरिकृष्ण घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, इलाम नगरपालिका वडा नं. ५ का अध्यक्ष ठाकूर नारायण श्रेष्ठ, कार्यपालिका सदस्य श्यामकमल मुखिया, पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, सल्लाहकार नरेन्द्र गुरुङ्गलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
पाँच जना सम्मानित
सोही कार्यक्रममा जग्गादाता र सहयोगी पाँच जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा भोजबहादुर खत्री, दुर्गा खत्री, राज आचार्य, पदम गुरुङ्ग, र प्रदिप खत्री रहेका छन् । सम्मानितहरुलाई जिल्ला समन्वय समितिका प्रमुख बरालले दोसल्ला ओढाउनका साथै सम्मान पत्र प्रदान गरेका थिए ।
माधव आचार्यले सञचालन गरेको अधिवेशन उद्घाटन कार्यक्रममा सागर घिमिरेले स्वागत मन्तब्य राखेका थिए ।