पल्लो किराँतका ९ कार्यकर्ता प्रहरीको नियन्त्रणमा

  सरलपाटी सम्वाददाता

 962 पटक हेरिएको


इलाम । इलाम सदरमुकाम स्थित चोक बजारमा पल्लो किराँत राष्ट्रिय लिम्बुवान मोर्चाको झण्डा राख्न खोज्ने नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सचिव पाँचथर मिक्लाजोङ गाउँपालिकाका धनबहादुर विश्वकर्मा, मंहिला संगठनकी केन्द्रीय अध्यक्ष माङसेबुङ्ग गाउँपालिका इलामकी कविरमाया साँवा, मोर्चाका इलाम अध्यक्ष चुलाचुली गाउँपालिकाका विजय आङदेम्बे, सचिव माइनगरपालिकाका मनकुमार माखिम, कोषाध्यक्ष मौतराज लिम्बु, जिल्ला सदस्य माइनगरपालिकाका कमल लकान्द्री, चुलाचुलीका बृजराज चोङवाङ, माई नगरपालिकाका अजाहाङ लिम्बु, चुलाचुलीका हर्क प्रसाद नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिएका छन् । मोर्चा कार्यकर्ताले सार्वजनिक स्थानमा राखिएको राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने लागेका थिए । मोर्चाले छुट्टै राज्यको झल्को दिनेगरी आफ्नो पार्टीको झण्डा राख्ने कार्यक्रम बनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार