इलामका लेखक दिनेश राई (डिआर) को उपन्यास तिलस्मीको मंगलबार इलाम सदरमुकाममा चर्चा गरिएको छ ।
पाँच महिनाको अवधिमा दोस्रो संस्करण बजारमा आएको पुस्तकमा दिवाकर भण्डारी र डा. देवि क्षेत्री दुलाले चर्चा गरेका छन् । लेखक दिनेश राईको उपस्थितिमा भएको कार्यक्रममा भण्डारीले उपन्यासको कथाका बारेमा बर्णन गरेका थिए । पुस्तकमाथि टिप्पणी गर्दै दुलाले इलामका श्रष्टाबाट नेपाली साहित्यले नपाएको कृति पाएको बताए । उनले तिलस्मीले अन्तर वर्गाीय चेतना प्रस्तुत गरेको र परिवर्तन र समानताको पक्षमा सन्देश प्रवाह गरेको बताए ।
उपन्यास नेपाली समाजको टाइमफ्रेमको रुपमा आएको लेखकीय रूपमा सफल रहेको टिप्पणी गरे । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले तिलस्मी लेखक डिआरल तिलस्मी अवतरण भएको बताए ।
आफूले उनलाई लेखकमो रुपमा नचिनेको र उनको पुस्तक तिलस्मी अवतरण भएको प्रमुख बस्नेतको भनाई थियो । कार्यक्रममा प्राज्ञ कोमल निरौला, पत्रकार धर्म लगायतले बोलेका थिए ।
पाँच महिना अघि बजारमा आएको पुस्तक एक हजार दुई सय प्रति छापिएको थियो । दोस्रो संस्करणमा पनि एक हजार दुईसय प्रति मुद्रण गरिएको छ ।


453 पटक हेरिएको 






