इलाममा दाजुलाई खुकुरी हानेर भाइले गरे आत्महत्या

 

अस्पतालमा उपचारत घाइते विष्णु राई ।

इलाम । इलामको सन्दकपुर गाउँपालिका १ माइपोखरी बन्दुकेका एक ब्यक्तिले दाजुलाई खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएर आफुले भने आत्महत्या गरेका छन् । ६४ वर्षका विष्णु राइलाई खुकुरी प्रहारी प्रहार गरेर भाइ ४५ वर्षका बुद्ध राईले झुण्डिर आत्महत्या गरेका हुन् । गम्भीर घाइते विष्णुको इलाम अस्पतालमा समान्य उपचारपछि झापा रेफर गरिएको छ । उनलाई खुकुरी प्राहारसंगै अनुहारमा ढुङ्गाले समेत कुच्याएको बताइएको छ । विष्णुले के कारणले दाजुलाई घाइते बनाएर हत्या गरे भन्ने खुलेको छैन । उनीहरुका बीचमा त्यस्तो रिसिबि भएको थाहा नभएको अर्का भाई चक्र बहादुर राई बताउँछन् । दाजुुलाई घरैमा घाइते बनाएर भाइले आत्महत्या गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार