बाल दिवसका अवसरमा एक संस्थासहित पाँच जना सम्मानित

  सरलपाटी संवाददाता

 783 पटक हेरिएको

इलाम नगरपालिका ८ स्थित सिंहदेवी आधारभूत विद्यालयले ३० औं बाल दिवसको अवसरमा विद्यालयलाई सहयोग गर्ने एउटा संस्थासहित ५ जनालाई सम्मान गरेको छ ।

सम्मान हुनेमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा इलाम नगरपालिका वडा नं. ८ का वडा सदस्य डाकप्रसाद दुलाल, पूर्व अध्यक्ष अर्जुनकुमार राई, पूर्व शिक्षक हरू गंगा रेग्मी र मेघनाथ दुलाल, चन्दादाता सुजन आचार्य र साम्लिङ पावर कम्पनी इलामलाई सम्मान गरेको हो । दिवसकै अवसरमा विद्यालयमा विभिन्न अन्तर सदनात्मक खेलकूद, साँस्कृतिक कार्यक्रम र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र आचार्यको अध्यक्षता र वडा सदस्य डाकप्रसाद दुलालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मानव अधिकारकर्मी मनकुमार वराइली, पूर्व शिक्षक मेघनाथ दुलाल, पूर्व अध्यक्ष अर्जुन राईले लगायतले बोलेका थिए ।
यस्तै, यसै अवसरमा अभिभावकबीच विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत सम्पन्न भएको थियो । विगत चार बर्षदेखि अंग्रजी माध्यममा समेत पठनपाठन गराउँदै आएको यस विद्यालयले समय समयमा विद्यार्थीका लागि खेलकूद, साँस्कृतिक र ज्ञानवर्दक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । यस विद्यालय गत २०७५ सालमा इलाम नगरपालिकाबाट नमूना विद्यालयका रूपमा समेत छनौट भएको थियो । सोही कार्यक्रमको अवसरमा विद्यालयका पाँच जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको छ ।

विद्यार्थीहरू युनिसा श्रेष्ठ, देवीमाया रोक्का मगर, रजिवन राई, राधिका खाती र आयुषा तामाङलाई जनही एक हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो । उक्त छात्रवृत्ति स्थानीय शिक्षा सेवी सुजन आचार्यले प्रदान गरेको थिए । आचार्यले बर्षेनी सो विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् । कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका शिक्षक योगेन्द्र शंकरले गरेका थिए भने कार्यक्रम सञ्चालन विद्यालयका प्रधानाध्यापक ढाकाराम न्यौपानेले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार