बर्खास्तमा परेका तरुणदलका महासचिवले गरे अध्यक्ष बस्नेतलाई नै बर्खास्त

तरूणा दलमा बर्खास्त श्रृखला

  सरलपाटी सम्वाददाता

 1118 पटक हेरिएको

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका महासचिवले अध्यक्ष जितजंग बस्नेतलाई एक वर्षका लागि साधरण सदस्यसमेत नरहने गरी पदबाट बर्खास्त गरेका छन् । संगठनका महासचिव भूपेन्द्रजंग शाहीले बस्नेतलाई अनुशासन विपरीत काम गरेको भन्दै कारवाही स्वरूप बर्खास्त गरेकाे विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । महासचिव शाहीलाई केही समयअघि (शनिबार) अध्यक्ष बस्नेतले बर्खास्त गरेका थिए ।

महासचिव शाहीले अध्यक्ष बस्नेतमाथि भ्रष्टाचारविरुद्ध लक्षित अख्तियार घेराउ कार्यक्रमलाई अन्तिम समयमा रोकेको, पटक-पटक संगठन विस्तारकाे काम गर्न नचाहेकाे जस्ता आराेप लगाउँदै बर्खास्त गरेकाे विज्ञाप्तिमा उल्लेख छ ।

सुरूमा संगठनका महासचिव शाहीलाई अध्यक्ष बस्नेतले सदस्यसमेत नरहने गरी पदबाट बर्खास्त गरेका थिए । महासचिव शाहीलाई अनुशासन विपरित काम गरेको भन्दै  सदस्यसमेत नरहने गरी अध्यक्ष बस्नेतले पदबाट हटाएका थिए । त्यसकाे केही समयपछि बस्नेतलाई नै कारवाही गरी महासचिव शाहीले बर्खास्त गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार