मंसिरभित्रमा जिल्लास्तरीय क्याम्पोरी हुने

  सरलपाटी संवाददाता

 833 पटक हेरिएको

स्काउटले आउँदो मंसिरभित्रमा जिल्लास्तरीय क्याम्पोरी गर्ने भएको छ ।

जिल्लाका विभिन्न प्रतियोगितामा छनौट भएका प्रतियोगीलाई समावेश गर्दै स्काउट सम्बन्धी स्टल राख्नका लागि क्याम्पोरी गर्ने निर्णय भएको छ ।शनिबार इलाम सदरमुकाममा बसेको ‘दोस्रो स्काउटर पुनर्मिलन कार्यक्रम’ले यस्तो निर्णय गरेको हो । यस्तै शनिबारै गत वर्षको स्काउटर तालिमलाई एक लाख पचास हजार रुपैयाँ सहयोग गर्ने करुणा फाउन्डेसनलाई समेत सम्मान गरिएको छ । फाउन्डेसनका इलामका व्यवस्थापक अजित योञ्जनलाई खादा लगाएर सम्मान गरिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई इलामका निमित्त प्रमुख डम्बर सुबेदीको अध्यक्षता र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला भरका ४० माध्यमिक विद्यालयका ७५ भन्दामाथिका स्काउटर शिक्षकको कार्यक्रममा सहभागिता रहेको थियो । दुई सत्रमा भएको कार्यक्रममा बन्द सत्रमा हाल सम्म जिल्लाका चार क्षेत्रमा स्काउटरले गरेका कार्यक्रमको समेत जानकारी गराइएको थियो ।

स्काउटका जिल्ला आयुत्त कृष्णकुमार घलेकाले कार्यक्रमको औचित्यमाथि प्रकाशपार्दै स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन स्काउट क्षेत्र नं. ३(सन्दकपुर गाउँपालिका(इलाम नगरपालिका)का संयोजक अर्जुन शर्मा(ढुंगाना)ले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार