जन्मदिनमा अपाङ्गता भएका बालबालिकालाई सामग्री

जन्मदिनमा सामाजिक काम

इलाम/वाणिज्य बैंक इलामकी प्रबन्धक लाक्पादिक्की शेर्पाले आफ्नो जन्मदिनको अवसरमा वौद्धिक अपाङ्गता भएका विद्यार्थी र सुस्त श्रवण भएका विद्यार्थीहरुलाई खाद्यान्न र स्टेशनरी प्रदान गरेकी छिन् ।
इलाम नगरपालिका वडा नं. ५ स्थित अमर माध्यमिक विद्यालय बरबोटेमा सञ्चालित वौद्धिक अपाङ्गगता स्रोत कक्षाका २७ जना विद्यार्थीका लागि खाद्यान्न दिएकी हुन् । प्रबन्धक शेर्पाले चामल, नुन, तेललगायतका खाद्यान्न दिएकी हुन् । यसरीनै कर्फोक विद्या मन्दिरका सुस्त श्रवण कक्षामा रहेका १६ विद्यार्थीलाई पनि स्टेशनरी र खेल सामग्री प्रदान गरेकी छिन् । दुवै विद्यालयका विद्यार्थीहरुलाई १५ हजार बराबरको सामग्री हस्तान्तरण गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार