गैससको भवन उद्घाटन

  सरलपाटी सम्वाददाता

 457 पटक हेरिएको

गैर सरकारी संस्था महासंघ प्रदेश नं. १ को विराटनगरमा निर्माण सम्पन्न भएको स्रोत केन्द्र भवनको उद्घाटन भएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का मन्त्री जीवन घिमिरेले शनिबार एक कार्यक्रमबीच भवन उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै मन्त्री घिमिरेले विकासको साँझेदारका रुपमा गैर संस्थाहरुलाई सँगसँगै अघि बढाइने बताए । सरकारले मात्र गरेर विकास संभवन नहुँने बताउँदै उनले भने, ‘सरकारले तातेताते गर्ने हो, काम गैर सरकारी निकायले गर्ने हो ।’
गैसस महासंघ प्रदेश समितिका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभासद, जिल्ला समन्वय समितिका प्रमुख, गैसस महासंघका केन्द्रीय पदाधिकारी, गैससकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रदेश सरकार, गैर सरकारी संस्था र गैससकर्मीहरुको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । कार्यक्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने संस्था र व्यक्तिहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार