किरात याक्थुङ चुम्लुङ गाउँ शाखा बरबोटेले ३१ औं स्थापना दिवशको अवसरमा जेष्ठ नागरिक र विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
स्थापना दिवसको अवसरमा इलाम नगरपालिका वडा नं. ५ का लिम्बू समुदायका जेष्ठ नागरिक बीरबहादुर लिम्बू र ७६ वर्षीय नुहाङ्गमा लिम्बूलाई मंगलबार सम्मान गरिएको हो । यसरीनै सरकारी विद्यालयबाट एसइईमा सबैभन्दा बढी जीपिए ल्याउने इलाम नगरपालिका वडा नं. ५ का छात्र राकेश लिम्बू र छात्रा कल्पना लिम्बूलाई नगदसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सम्मानितहरुलाई चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू, इलाम नगरपालिका–५ का वडाध्यक्ष ठाकूर श्रेष्ठ, चुम्लुङका जिल्ला सचिव राम योङहाङले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू, इलाम नगरपालिका–५ का वडाध्यक्ष ठाकूर श्रेष्ठ, चुम्लुङका केन्द्रीय सदस्य विष्णु तुम्बापो, इलाम नगरपालिकाकी कार्यपालिका सदस्य सीता रिजाल, वडा सदस्य गृष्म सुब्बा, सुपरमाई हाइ«ोपावर सरोकार समितिका अध्यक्ष गंगा भूर्तेल, अमर माविका अध्यक्ष गोविन्द पौडेल, तामाङ घेदुङका राजन तामाङलगायतले बोलेका थिए ।
बरबोटे शाखाका अध्यक्ष प्रेमराज लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्माण समितिको तर्फबाट भवन निर्माणको आय व्यय प्रस्तुत गरेका थिए । कार्यक्रम शाखाका सह सचिव मणि लिम्बूले सञ्चालन गरेका थिए ।