इलाम ।
इलाम नगरपालि–९ गोलाखर्क मा शनिवार दिउसाे भएको ट्याक्टर दुर्घटनामा परि ट्याक्टर चालकको मृत्यु भएको छ । मेची राजमार्गको गोलाखर्क सडक खण्डमा ट्याक्टर पल्टिदा इलाम नगरपालिका–९ का १८ वर्षिय कृष्ण बहादुर लम्जेलको मृत्यु भएको प्रहरीले जनाएको छ । माइखोलाबाट इलाम आउँदै गरेको को१त २२४५ नम्बरको ट्याक्टर अनियन्त्रीत भएर पल्टिदा लम्जेलको घट्नास्थलमानै मृत्यु भएको हो । दुर्घटनामा परेर ट्याक्टरमा सवार रहेका २५ वर्षकी शान्ता बसेल र आठ वर्षका विजय बसेल घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । मृतकको शव पोष्टमार्टको लागि इलाम अस्पलातमा ल्याइएको छ ।