मोरङको सुन्दरहरैचा नगरपालिका–७ को पूर्व पश्चिम राजमार्गमा आज राती ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किदा १ जनाको निधन भएको छ भने ७ जना घाईते भएका छन् ।
गए राती ०१ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च २००३ नम्बरको एम्बुलेन्स र बिपरीत दिशाबाट आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक एक आपसमा ठोक्किदा एम्बुलेन्स चालक ईलाम नगरपालिका २ सुम्वेकका २१ बर्षीय रमेश निरौलाको घटनास्थलमा नै निधन भएको हो ।
दुर्घटनामा एम्बुलेन्समा सवार ५ जना र ट्रकका सहचालक घाईते भई उपचारको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको र मृतकको शव समेत कानूनी प्रकृया पुरा गरी परिक्षणको लागि घोपा पठाईएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ भने दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।


4340 पटक हेरिएको 






