सम्पादक जबेगूसहित नौ जना पत्रकार सम्मानित

फाेनिजकाे अधिबेशन शुरु

  सरलपाटी संवाददाता

 1111 पटक हेरिएको

सरलपाटी अनलाइन र इलाम पोष्ट दैनिकका सम्पादक सटेन्द्र जबेगूसहित नौ जना पत्रकार सम्मानित गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को प्रथम ऐतिहासिक महाधिवेशनमा जबेगूसहित अन्य नौ जना प्रदेश नं. १ का पत्रकारलाई सम्मान गरेको हो । लामो समयदेखि पत्रकारित पेशामा क्रियाशील जबेगू नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका छन् ।
यस्तै, जबेगूसहित सम्मान हुनेमा उदयपुरका पत्रकार कौशल चेम्जोङ र महेश्वर चाम्लिङ, सुनसरीका हर्ष सुब्बा, याम प्रधान र गोपाल देवान, धनकुटाका विजय सन्तोषी राई र संजय सन्तोषी राई, झापाका रमेश समदर्शी रहेका छन् ।
उनीहरूलाई महाधिवेशनको उद्धाटन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको हस्तवाहुलीबाट कदरपत्रसहित सम्मान गरिएको हो ।

पत्रकारिताको क्षेत्रबाट समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै नगद ५ हजारसहित सम्मान गरिएको हो ।

कार्यक्रम फोनिज प्रदेश १ महाधिवेशन आयोजक समितिका संयोजक एवम् प्रदेश इन्चार्ज दिपीन राईको अध्यक्षतामा भैरहेको छ  . कार्यसमिति निर्वाचित गर्नेछ । जसमा अध्यक्ष १, उपाध्यक्ष २ (१ महिला), महासचिव १, सचिव २ (संगठन र संस्थागत), कोषाध्यक्ष १ र १४ जना सदस्य निर्वाचित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार