कुलोमा डुबेर राईको मृत्यु

  सरलपाटी संवाददाता

 654 पटक हेरिएको

जिल्लाको मिक्लाजुङ गाउँपालिका–४, रविमा कुलोमा डुबेर एक व्यक्तिको ज्यान गएको छ । स्थानीय थामथुम खोलाबाट गाउँमा लगिएको कुलोमा डुबेर सोही स्थान बस्ने ५४ बर्षिय पूर्णबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
परिवारका अनुसार राई शनिबार साँझ घरबाट निस्केका राई राति दश बजे कुलोमा डुबेको अवस्थामा मृत भेटिएका थिए । उनको शवलाई आइतबार पोष्टमार्ड गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको पाँचथर प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार