नेकपाको पहिलो बैठकले ग¥यो जिम्मेवारी बाँडफाँड

महत्वपूर्ण विभाग पूर्व एमालेका भागमा

  सरलपाटी संवाददाता

 779 पटक हेरिएको

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) इलामको पहिलो सचिवालय बैठकले नै उल्लेखिय काम गरेको छ । पार्टी एकीकरण पछि पनि रिक्त रहेका विभाग र सल्लाहकार कमिटी गठन गरेको छ ।

नेकपाका २३ विभाग र निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँड गरिएको छ । इलामका दुई क्षेत्रमध्ये क्षेत्र नं. १ को पूर्व एमालेका टेकबहादुर राई प्रमुख रहेका छन् भने पूर्व माओबादीका राजकुमार राई उपप्रमुख तोकिएका छन् । यस्तै, क्षेत्र नं. २ मा पनि पूर्व एमालेकै गणेशप्रसाद बराल प्रमुख तोकिएका छन् भने उपप्रमुखमा पूर्व मोओबादीका अनिल बराइली तोकिएका छन् ।
नेतृत्व विभाजनपछि नेकपाको महत्वपूर्ण विभागहरू पूर्व एमालेको भागमा परेको देखिन्छ भने निर्वाचन क्षेत्रको नेतृत्व पनि दुई क्षेत्रमा पूर्व एमालेकै पहुँचमा रहेको देखिन्छ । पार्टीका अर्थ तथा योजना, कृषि तथा भूमि सुधार, कोष तथा लेखा, निर्वाचन विभाग, पर्यटन प्रवद्र्धन लगायतका विभाग पूर्व एमालेको भागमा परेका छन् भने खानेपानी तथा सरसफाइ, स्कुल विभागलागयतका विभागहरू पूर्व माओबादीको भागमा परेको देखिन्छ ।
बैठकले ४३ सदस्य जिल्ला सल्लाहकार कमिटी गठन समेत गठन गरेको छ । जसको अध्यक्षमा लालबहादुर (एल.बि.) सुब्बा सचिवमा तिलकसिंह साउदेन सदस्यमा पूर्णबहादुर बस्नेत रहनुभएको छ ।
बैठकले २३ वटा विभाग गठन गरी संयोजक र सह–सयोजकको पनि टुङ्गो लगाएको छ । बैठकले अर्थ तथा योजना विभागको प्रमुखमा गणेशप्रसाद बराल उप–प्रमुखमा जीवन शर्मा ढुङ्गाना चयन गरेको छ भने सदस्यमा काजिमान कागते, याम अधिकारी, धनबहादुर गुरुङ्ग, डा. देवि दुलाल र संजिप राई रहनुभएको छ ।

उद्योग तथा वाणिज्य विभागको प्रमुखमा भोजप्रसाद खतिवडा (भीष्म) र उप–प्रमुख नरेश तामाङ्ग (अमर) जिम्मेवारी तोकिएको छ । यस्तै पार्टीको उपभोक्ता हित तथा आपूर्ति विभागको प्रमुखमा शोभा पराजुली उप–प्रमुख गिताराम रसाइली तोकिएको छ ।
कृषि तथा भूमिसुधार विभागको प्रमुखमा टेकबहादुर राई, उप–प्रमुखमा राम संजेल रहनुभएको छ भने कोष तथा आर्थिक व्यवस्थापन विभागको प्रमुखमा नरेन्द्रनाथ भट्टराई उप–प्रमुख धिरेन चेम्जोङ्ग रहनुभएको छ ।
बैठकले खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा शान्ता बस्नेत (सर्कल) उप प्रमुख मनराज जबेगु रहनुभएको छ । यस्तै जलस्रोत, सिचाई तथा उर्जा विभागको प्रमुखमा उदय राई उप–प्रमुख. बिक्रम लिम्बू, निर्वाचन विभागको प्रमुखमा जसबहादुर लुङ्गेली उप–प्रमुखमा पोष्टराज लामिछाने, न्याय, कानुन तथा मानव अधिकार विभागको प्रमुखमा देवेन्द्रकुमार विश्वकर्मा र उप–प्रमुखमा अशोक प्रधान, पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागको प्रमुखमा आर.बी. राई, उप–प्रमुखमा कुविरमान राई, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा नवराज शंकर, उप–प्रमुख प्रकाश परियार, पार्टीको स्कुल विभाग प्रमुखमा तेजबहादुर राई (विजय), उप–प्रमुखमा. शिखरनाथ सापकोटा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुखमा अनिल बराईली, उप–प्रमुख अरुण बराल, पार्टीको युवा तथा खेलकुद विभागको प्रमुखमा उमेश गुरुङ्ग, उप–प्रमुखमा राजकुमार थापा (सन्देश)रहनुभएको छ । पार्टीको वन तथा वातावरण विभागको प्रमुखमा ओमनारायण खनाल, उप–प्रमुख जनम खम्बु, शिक्षा तथा मानव श्रोत विभागको प्रमुखमा श्यामकृष्ण घिमिरे, उप–प्रमुखमा गन्जबहादुर प्रधान, श्रम तथा रोजगार विभागको प्रमुखमा दिपक सिन्चुरी उप–प्रमुखमा रबिन्द्र सुवेदी,े संगठन विभाग प्रमुखमा भक्त केसी, उप–प्रमुख धनकुमार राई (सोनाम), सहकारी तथा गरिबी निवारण विभागको प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ, उप–प्रमुख ताराबाबु सुवेदी, शहरी विकास विभागको प्रमुखमा छविलाल आचार्य (प्रवाश)उप–प्रमुख सुरेशकुमार नेम्बाङ्ग, साहित्य, कला तथा संस्कृति विभाग प्रमुखमा याम राई उप–प्रमुखमा सन्धि भक्त शंकर रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार