दावा शेर्पाको अध्यक्षतामा सञ्चालक समिति गठन

युवा क्लवको नाफा दुई लाख

  सरलपाटी संवाददाता

 467 पटक हेरिएको

माईजोगमाई गाउँपालिका वडा नं २ मा रहेको लभ्ली युवा क्लवको पाँचौ साधारण सभा शनिबार एक कार्यक्रमको बीच सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष दावा शेर्पाको अध्यक्षता तथा माईजोगमाई गाउँपकलिका वडा नं २ का वडा सदस्य शुकबहादुर लाप्चाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा गत आर्थिक बर्ष २०७५÷७६ को आर्थिक प्रतिवेदन पनि प्रस्तुत भएको थियो । आय तर्फ ३ लाख ७५ हजार २ सय र व्यय तर्फ १ लाख ६९ हजार रहेको थियो भने क्लवले २ लाख ६ हजार नाफा समेत कमाएको छ ।

२०७१ सालमा स्थापना भई माईजोगमाई गाउँपालिकामा नै नमुना क्लवको रुपमा अघि बढ्ने उद्देश्य बोकेर अगाडि बढेको यस क्लवले विभिन्न सामाजिक कार्य समेत गर्दै आई रहेको छ ।

२०७१ सालमा स्थापना भई माईजोगमाई गाउँपालिकामा नै नमुना क्लवको रुपमा अघि बढ्ने उद्देश्य बोकेर अगाडि बढेको यस क्लवले विभिन्न सामाजिक कार्य समेत गर्दै आई रहेको छ ।

क्लवको लागि भवन निर्माण गर्न जग्गा दान गर्ने शेरबहादुर राई सहित विभिन्न क्षेत्रमा योगदान गर्ने ७ जनालाई सम्मान समेत गरिएको छ ।  कल्वले आइतबारै दावा शेर्पाको अध्यक्षतामा ९ सदस्य सञ्चालक समिति समेत गठन भएको छ । आगामी दिनमा क्लवलाई सहज रूपमा अगाडि बढाउनको लागि बिभिन्न ६ उपसमिति समेत निर्माण भएको समितिका सचिव प्रदीप खड्काले जानकारी दिए ।
क्लवले आगामी विजयदशमीमा एक लाख धन राशीको दोस्रो लभ्ली फुटबल प्रतियोगिता समेत गर्ने भएको छ सो कार्यक्रमको सञ्चालन समितिका सचिव खड्का गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार