
इलाम । वैदेशीक रोजगारीकै क्रममा कतारमा दवै मृगौला फेल भएर इलाम फिर्ता पठाइएका इलाम नगरपालिका–९ का देवेन्द्र बस्नेतलाई उपचारमा आर्थिक अभाव भएको छ । वैदेशीक रोजगारीको लागि दोस्रो पटक कतार पुगेका १४ महिनामा नेपाल फर्काइए । इलाम आएपछि उनलाई आर्थिक अभाव झेल्दैछन् । ‘सडक पेटिमा लडेको अवीथामा भेटिएपछि नेपालीहरुले उपचारको लागि अस्पताल पु¥याएछन्’, उनका दाजु टेकबहादुर बस्नेतले भने,‘कतारमानै मृगौला फेल भएको थाहा भएपछि कम्पनीले फिर्ता पठायो, आफन्त र साथीहरुले उपचार गराउँदै यहाँसम्म ल्याइएि ।’
बस्नेत पहिलो पटक सुपरभाइज र दोस्रो पटक अफिस ब्वाइको रुपमा काम गर्न कतार पुगेका थिए । कतारबाट नेपाल फर्किएपछि उनी डाइलोसिस गराइरहेका छन् । धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र भद्रपुरबाट उनले डाइलोसिस गराउँदैछन् । ३६ वर्षिय बस्नेतलाई मृगौला प्रत्यारोपणको लागि रकम अभाव भएको पारिवारले जनाएको छ । ‘अहिलेसम्मकै उपचारमा थुप्रै खर्च भइसक्यो, अब खर्च जोहो गर्न सकियो भने मृगौला प्रत्यारोपण गराउ भन्ने सोचेका छौ’, दाजु टेकबहादुरले भने,‘आमा भाइलाई मृगौला दिन तयार हुनुहुन्छ ।’
छोरालाई मृगौला दिन तयार आमा टिकादेवी ६३ वर्षकी छिन् । आमाको मृगौला उनलाई मिल्छ कि मिल्दैन भन्ने जाँच पनि गरिएको छैन । रकम जुटाएर त्यसको परिक्षाण गर्ने परिवारले जनाएको छ । आमाको मृगौला नमिले उनले मृगौला दिन तयार अन्यको खोजी गर्नुपर्ने छ । बस्नेतको मृगौला प्रत्यारोपणको लागि २५ लाख हाराहारी रकम आवश्यक पर्छ । वैदेशीक रोजगारीकै क्रममा मृगौला फेल भएका बस्नेत परिवारले मात्रै रकम जोहो गर्न प्राय असम्भव छ ।


2021 पटक हेरिएको 






