‘स्कुल बिभागमा म पनि योग्य छु’

मिडियाले स्कुल बिभागलाई विवाद भन्दै प्रचार गरेकाे खनालकाे आरोप

  सरलपाटी संवाददाता

 551 पटक हेरिएको

पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको स्कुल बिभागका बारेमा मिडियाले बिबाद झिकेको आरोप लगाएका छन् ।

प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीभित्र स्कुल बिभागको सन्दर्भमा कुनै बिबाद नरहेको बताए । मिडियाले स्कुल बिभागलाई विवाद भन्दै प्रचार गरे,खनालले भने – तपाई झापाली पत्रकार साथीहरु कान ठाडो बनाएर सुनिरहनु भएको छ ।

नेकपाका बरिष्ठ नेता खनालले स्कुल बिभागका लागि ईश्वर पोखरेल,नारायण काजी र झलनाथ खनाल समेत योग्य रहेको बताएका छन् । उनले स्कुल बिभागका बारेमा भ्रममा नपर्न आग्रह गरेका छन् । खनालने समेत सो बिभागमा आकङ्क्षा राखेको संकेत गरेका छन् ।

नेता खनालले तीन तहकै सरकारको प्राथमिकतामा देशको समृद्धि रहेको बताएका छन् । उनले तीन तहको सरकार विकासको मार्गमा रहेको जिकिर गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार