सशस्त्र प्रहरी इलामका प्रमुख खड्काको सरुवा

विदा हुने क्रममा भने,‘इलामहरू आत्मिय रहेकाले कार्यकाल सफल वित्यो’

  सरलपाटी संवाददाता

 699 पटक हेरिएको

सशस्त्र प्रहरी वल नेपाल नं. १ गणका इलामका प्रथम प्रहरी उपरीक्षक विदुर खड्काको हेडक्वाट्वार सरुवा भएको छ । ११ महिनादेखि इलाममा कार्यरत प्रहरी उपरीक्षकको गत साउन ६ गतेको सशस्त्र प्रहरी वल प्रधान कार्यालयको निर्णयअनुसार हेटक्वाटर सरुवा भएको हो ।

इलामका लागि भने जुम्लाका प्रहरी उपरीक्षक रोशन श्रेष्ठ आउने छन् । इलाममा रहदाँ खड्काले सूर्योदय नगरपालिकास्थित पशुपतिनगरमा सशस्त्रको बिओपी निर्माण गरेको र अन्य दुई ठाउँ सन्दकपुर र मानेभञ्ज्याङमामा पनि राख्न सिफारिस गरेका छन् ।

यस्तै, चुलाचुली र छब्बीसेमा पनि सशस्त्रको बेसक्याम्प राख्न सफल भएको खड्काले बताए । कम दुर्घटना हुने र सुरक्षाका दृष्टिले कम जोखिम रहेको इलाममा काम गर्न सहज भएको खड्काले बताए ।

इलामबासीमा आत्मिय र साथीत्वको भावना रहेकाले पनि यहाँ रहदा काम गर्न सहज हुने गरेको खड्काले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार