पत्याउनुहुन्छ ? इलाममा भन्दा बढी झापामा चिया उत्पादन हुन्छ

व्यवसायी भने इलाममा बढी

  किरण पाैड्याल

 772 पटक हेरिएको

चियाका लागि प्रख्यात जिल्ला कुन हो ? उत्तर हुन्छ । इलाम । फेरि प्रश्न आउन सक्छ । नेपालमा सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला कुन हो ? धेरैलाई लाग्न सक्छ इलाम हो ।
तर, पछिल्लो एक तथ्यांकका अनुसार भने इलाममा भन्दा झापामा आठ गुणा बढी चिया उत्पादन हुने गरेको छ । इलाममा एक हजार आठ सय ८१ हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेकोमा झापा भने छ हजार पाँच सय ३४ दशमलब दुई हेक्टरमा चिया खेती हुने गरेको पाइएको छ ।
केन्द्रीय तथ्यांक विभागले गरेको एक सर्वेक्षणका अनुसार इलाममा एक करोड ५९ लाख ७० हजार छ सय ७२ दशमलब ८ हरियो पत्ती उत्पादन हुने गरेको र झापामा आठ करोड २५ लाख १७ हजार चार सय १५ दशमलब छ किलो हरियो चियापत्ति उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ ।

केन्द्रीय तथ्यांक विभागले गरेको एक सर्वेक्षणका अनुसार इलाममा एक करोड ५९ लाख ७० हजार छ सय ७२ दशमलब ८ हरियो पत्ती उत्पादन हुने गरेको र झापामा आठ करोड २५ लाख १७ हजार चार सय १५ दशमलब छ किलो हरियो चियापत्ति उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ ।

केन्द्रीय तथ्यांक विभागले ०७४÷०७५ मा गरेको सर्बेक्षणमा उत्पादन चिया खेती गर्ने व्यवासायी भने इलाममा बढी देखिएका छन् । इलाममा पाँच हजार पाँच सय ९८ चिया खेती गर्ने व्यवसायी भएकोमा झापामा भने एक हजार छ सय एक जना चिया व्यवसायी रहेको देखिएको छ । यस्तै, उत्पादन दिने चियाको विरुवाको पनि झापामै बढी भएको तथ्यांकले देखाएको छ ।
तथ्यांकका अनुसार झापामा छ करोड ३५ लाख ४८ हजार पाँच सय ७४ उत्पादन दिने चियाको विरुवा भएकोमा इलाममा चार करोड पाँच लाख ८१ हजार तीन सय १८ उत्पादन दिने विरुवा रहेको पाइएको छ ।
सरकारले पूर्वका पाँच जिल्लालाई चिया क्षेत्र घोषणा गरेको भएपनि अन्य जिल्लामा भने चिया उत्पादन कम मात्र हुने गरेको देखिएको छ । सरकारले घोषणा गरेका जिल्लामध्ये धनकुटामा तीन लाख आठ हजार नौ सय २६ दशमलब पाँच किलो, तेह्रथमुमा एक लाख ५० हजार सात सय ४२ दशमलब ६ किलो, पाँचथरमा सात लाख ६४ हजार पाँच सय ५५ दशमलब आठ किलो हरियो चियापत्ति उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ ।

यस्तै तथ्यांकका अनुसार २०७० साल पछि पनि हालसम्ममा(सर्बेक्षण समयसम्ममा)एक दशमलब नौ प्रतिशतले चियाको व्यवसायिक खेती सुरु गरेको पाइएको छ । सरकारले चिया घोषित गरेको पाँच जिल्ला बाहेकमा भने २०५० सालभन्दा पछि मात्र अधिकांश रूपमा चिया खेती शुरु भएको पाइएको छ ।

देशका १४ वटा जिल्लामा अहिले चिया खेती हुने गरेको छ । कुनै बेला सीमित र कम जिल्लामा मात्र चिया खेती हुने गरेको भएपनि विस्तारै अन्य क्षेत्रमा खेत ीगर्नेै क्रम बढेको देखिएको छ । चिया खेती सुरु भएको डेढ सय बर्षभन्दा बढी भएपनि यसले व्यवासायिक रूप लिएको भने खासै बढी समय नभएको तथ्यांकले देखाएको छ । तथ्यांकका अनुसार २०४० सालभन्दा अघि नेपालमा दुई दशमलब दुई व्यवसायीले मात्र चिया खेती सुरु गरेको पाइएको छ ।
यसभन्दा पछि २०४०÷०५० मा १४ दशमलब चार प्रतिशतले खेती सुरु गरेको, २०५०÷०६० को दशकमा ५४ दशमलब छ प्रतिशत व्यवसायीले खेती शुरु गरेको र २०६०–०७० को दशकमा २७ प्रतिशतले चिया खेती व्यवसायी रूपमा खेती गरेको पाइएको छ । यस्तै तथ्यांकका अनुसार २०७० साल पछि पनि हालसम्ममा(सर्बेक्षण समयसम्ममा)एक दशमलब नौ प्रतिशतले चियाको व्यवसायिक खेती सुरु गरेको पाइएको छ । सरकारले चिया घोषित गरेको पाँच जिल्ला बाहेकमा भने २०५० सालभन्दा पछि मात्र अधिकांश रूपमा चिया खेती शुरु भएको पाइएको छ ।
सरकारले २०३९ सालमा पूर्वका पाँच जिल्लालाई चिया क्षेत्र घोषणा गरेको हो । सर्बेक्षण तथ्याङ्क अनुसार नेपालमा नौ हजार दुई सय ३६ व्यवसायिक चिया खेती हुने बगान रहेकामा २९ दशमलब नौ प्रतिशत मात्र प्रांगरिक चिया खेती हुने बगान रहेको पाइएको छ ।
चिया खेती गर्ने अधिकाशं पुरुष
नेपालमा हालसम्मको तथ्यांक हेर्दा चियाका व्यवसायीमध्ये ८५ प्रतिशत पुरुष व्यवसायी र १५ प्रतिशत मात्र महिला व्यवसायी रहेको देखिएको छ । सर्वेक्षणका अनुसार नेपालमा सबैभन्दा बढी सिटिसी चिया उद्योगबाट उत्पादित हुने गरेको पाइएको छ ।
नेपालमा १६ हजार ३६ मेट्रिक टन चिया सिटिसि उत्पादन हुने गरेको छ भने अर्थोडक्स दुई हजार छ सय ७० मेटिूक टन, दुई सय २० मेट्रिक टन ग्रीन टी र स्पेसियाल टी ३२ मेट्रिक टन तयारी चिया उत्पादन हुने पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार