प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू सेटिङ गरेर पैसा कमाउन मुख्यमन्त्री नबनेको बताएका छन् । घुस प्रकरणमा कर्मचारीहरु पक्राउ पर्न थालेको भन्दै प्रदेश सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने मुख्यमन्त्री राईले बताएका छन् ।
सोमबार मुख्यमन्त्रीको कार्यालयमा बोलाइएको एउटा आकस्मिक बैठकमा उनले भने, ‘प्रदेश कार्यालयका एकजना डिभिजन प्रमुख रङ्गेहात घुस लिँदालिँदै पक्राउ पर्छन्, यस्ता घटनामा एकपछि अर्का कर्मचारी पक्राउ पर्ने नपरोस्, यसप्रति सबैलाई सचेत गराउँछु ।’
‘प्रदेश कार्यालयका एकजना डिभिजन प्रमुख रङ्गेहात घुस लिँदालिँदै पक्राउ पर्छन्, यस्ता घटनामा एकपछि अर्का कर्मचारी पक्राउ पर्ने नपरोस्, यसप्रति सबैलाई सचेत गराउँछु ।’
बैठकमा प्रदेश सरकार महातहका माथिल्ला तहका कर्मचारीलाई बोलाइएको थियो । बैठकमा बोल्दै मुख्यमन्त्री राईले प्रदेश सरकार मातहतका कर्मचारी खुलेआम घुससहित पक्राउ पर्नुले लज्जावोध भएको बताए । यसबाट जाने सन्देशले प्रदेश सरकारलाई कमजोर बनाउने उनले बताए ।
मुख्यमन्त्री राईले आफू प्रदेशमा मुख्यमन्त्री बनेर इतिहासमा नाम मात्र लेखाउन नआएको भन्दै अब भष्ट्राचारविरूद्ध शून्यसहनशीलता कायम गराउने पक्षमा अडिग रहने बताए ।
मुख्यमन्त्री राईले आफूले प्राप्त गरेको सूचनाअनुसार अरु कर्मचारी घुस काण्डमा पक्राउ पर्ने अबस्था रहेको भन्दै सबै कर्मचारीलाई सचेत हुन निर्देशनसमेत दिए ।मुख्यमन्त्री राईले आफू प्रदेशमा मुख्यमन्त्री बनेर इतिहासमा नाम मात्र लेखाउन नआएको भन्दै अब भष्ट्राचारविरूद्ध शून्यसहनशीलता कायम गराउने पक्षमा अडिग रहने बताए ।
उनले आफ्नो राजनीतिक जीवनमा कमिशन, घुसको लोभ नभएको भन्दै आफू प्रदेश बनाउन आएकाले यस कार्यमा सबैको सहयोगको अपेक्षासमेत गरे ।बैठकमा प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारीले प्रदेश सरकार मातहतका कार्यालयका प्रमुखहरु घुससहित पक्राउ पर्ने क्रमसँगै प्रदेश सरकारको इमेज कमजोर बनाउने काम भइरहेको भन्दै सचेत बन्न निर्देशन दिए ।