जापान जाने कामदारका लागि भाषा र सीप परीक्षा तत्कालै दिइदैँ

जापान जाने नेपाली कामदारका लागि कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ । जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा ‘कियर गिभर’का लागि लौजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

भाषा परीक्षाणमा उत्तिर्ण भएकाहरुका लागि कात्तिक २१ र २२ मा सिप परिक्षण गर्ने मन्त्रालयले तयारी गरेको छ ।

भाषा र सिप परीक्षाको मिति तय भएपनि आवेदनको प्रकृया, लागत तथा अन्य संयन्त्रको विषयमा भने छलफल भइरहेको छ । मन्त्रालयका अनुसार जापान सरकारसँग यस विषयमा छलफल भइरहेकोले केही दिनमा सबै कुरा टुङ्गीने छ । यसको लागि नेपाल सरकारको तर्फबाट सहसचिवको नेतृत्वमा समिति बताएको छ ।

जापानले दक्षिण एसियाका विभिन्न ९ देशसँग श्रम सम्झौता गरेर एकैपटक कामदार लौजाने बताएको थियो । तर अहिलेसम्म नेपालसहित ५ देशसँग मात्रै सम्झौता गरेको जापानले पहिलो चरणमा सम्झौता भएका मध्ये तीन देशका कामदार मात्रै लैजाने जनाएको छ ।

सरकारले गत चैत ११ मा नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगवाले हस्ताक्षर गरेका थिए ।

सोही सम्झौताअनुसार विभिन्न १४ क्षेत्रमा कामदार लौजाने भएपनि पहिलो चरणमा एउटा क्षेत्रमा मात्रै कामदार लौजान जापान तयार भएको हो ।

जापानले दक्षिण एसियाका विभिन्न ९ देशसँग श्रम सम्झौता गरेर एकैपटक कामदार लौजाने बताएको थियो । तर अहिलेसम्म नेपालसहित ५ देशसँग मात्रै सम्झौता गरेको जापानले पहिलो चरणमा सम्झौता भएका मध्ये तीन देशका कामदार मात्रै लैजाने जनाएको छ ।          सेताेपाटी अनलाइनबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार