तमोरमा बगेर दुई किशोर बेपत्ता

खाेजी कार्य जारी

  सरलपाटी संवाददाता

 527 पटक हेरिएको

पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङका दुई किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन्  ।

माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ तमोरमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

छिमेकी जिल्ला तेह्रथुमको आठराई गाउँपालिकास्थित सिमखर्क भन्ने स्थानमा पाहुना गएका उनीहरु स्थानीय दुई जना साथीसँग माछा मार्न तमोर नदी गएका थिए  ।  उनीहरुको खोजी कार्य जारी रहेको तर फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार