गत असार २८ गते शनिबार बिहान देखि बेपक्ता भएका माई नगरपालिका नम्बर १ जुवालेका तीन जना बालिकाहरुको प्रहरीको विपत ब्यबस्थापन टोलीले सोमबारबाट खोजी शुरु गरेको छ ।
स्कुल बिदा भए पछि बर्खे बिदामा घर हिडेका जुवालेका १५ बर्षिय आकृति लिम्बु, १४ बर्षिय निशा सुनुवार र १२ बर्षिय सुनिता साउदेन लाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपत ब्यबस्थापन टोलीले सोमबारबाट खोजी शुरु गरेको हो ।
माई नगरपालिका र देउमाई नगरपालिका बिचको माईखोलाबाट खोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएर बेपक्ता पारेको थियो । बेपक्ता रहेका बालिकाहरुको माई नगरपालिका १ को चण्डालघाटबाट खोजी कार्य शुरु गरिएको सशस्त्र प्रहरी इलामका डिएसपी हरि थापाले जानकारी दिनुभयो ।
टोलीमा सशस्त्र प्रहरी १ नम्बर बाहिनी इटहरीका नौ जना र नेपाल प्रहरीका एक जना स्पेशल टोलीको सहभागीता रहेको बताईएको छ । माई खोला भित्र र्याफ्टीड्डका माध्यमबाट बालिकाहरुको खाजी भई रहेको छ ।
स्थानीय प्रहरी, संघ संस्था, स्थानीय बासिन्दा र युवाहरुले समेत ट्युवको माध्यमबाट तथा खोला किनारमा खोजी गरिरहेको लोदिया प्रहरी चौकी दानाबारीका इन्चार्ज विमलकुमार निरौलाले जानकारी दिनुभयो ।