नेपाल कम्युनिष्ट पार्टी नेकपा इलामको पहिलो जिल्ला कमिटिको बैठकले सात सदस्य जिल्ला कार्यालय र ४३ सदस्य जिल्ला सचिवालय कमिटी गठन गरेको छ ।
राम रानाको अध्यक्षतामा सचिव सिन्धु राई, भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई, शान्ता बस्नेत र उमेश गुरुङ सदस्य रहेका छन् ।
राम रानाको अध्यक्षता र सिन्धु राई सचिव रहेको सचिवालय गठन भएको छ । सचिवालयमा भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई, सान्ता बस्नेत, उमेश गुरुङ, गणेश बराल, टेकबहादुर राई, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार राई, धनकुमार राई, उदय राई, नरेन्द्रनाथ भट्टराई, कुमार बराइली, ओमनारायण करखनाल, छविलाल आचार्य, शोभा पराजुली , नवराज शंकर, दिपक सेन्चुरी, तेजमाया गुरुङ, कविरमान राई, देवेन्द्र शंकर, चित्रकला बराइली, सुकबहादुर लावती, सूर्य पोख्रेल, दिपेन्द्र खनाल, जीवन शर्मा, यामबहादुुर राई, राजकुमार थापा, बुद्धि खनाल, लक्षुमण राई, किरण कुमार राई, गोविन्द न्यौपाने, रणबहादुर राई, श्रीमान राई, हरिबाला राई, अशोक प्रधान, तारा गुरुङ्ग, न्युसन राई, जसबहादुर लुङ्गेली, श्यामकृष्ण घिमिरे र भोजप्रसाद गतिवडा रहेका छन् । नेकपा इलामका अध्यक्ष राम रानाले सचिवालयमा केही सदस्य थप हुन सक्ने बताएका छन् ।
नेकपा इलामले एक विज्ञप्ती जारी गर्दै बाढी पहिरोबाट पीडित भएकाहरुको उद्धार गर्न र अवरोध भएका सडक, विद्युत सञ्चालन गर्न श्रमदान सहितको अभियान चलाउन निर्देशन गरेको छ ।


1138 पटक हेरिएको 






