इलाम ।
इलामबाट प्रहरीले अवैध हतिायर सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चार थान बन्दुक सहित दुई जनालाई पक्राउ गरेको हो । इलाम नगरपालिका ३ को मकै बारी भन्ने स्थानबाट सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षका राम कुमार राई, सोही स्ठानका २७ वर्षका मिन कुमार फागोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनीहरुको गोठमा खानतलासी गर्दा बारुद लोड भएको बन्दुक फेला परेको थियो । त्यस क्षेत्रमा संकास्पद गतिविधि भएको सूचनाको आधारमा इलाम र पाँचथरको टोलीले संयुक्त रुपमा गस्ति गर्दा बन्दुक फेला पारेको हो । उनीहरुलाई अवैध हातहतियार सम्बन्धि मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ । हतियार प्रयोग हुने प्रयोजन, ब्यक्ति तथा समुहका बारेमा पनि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले जानकारी दिए ।