अविरल बर्ष ,कहाँ कहाँ के हुँदैछ देशमा

अझै २,३ दिन भारि बर्षा

देशभर बिहीबारबाट परेको वर्षाका कारण नदी तथा खोलाहरुको जलस्तर बढेको छ । पानी पर्ने क्रम जारी रहेकाले बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै देशभरका खोला तथा नदी आसपासका साथै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।

लगातारको वर्षाका कारण बागमती नदीको तराई क्षेत्रमा जलस्तर बढेर खतराको संकेतभन्दा माथि चढेको छ । त्यस्तै, कन्काई र कमला नदीको जलस्तर सर्तकता तह नजिक पुगेको र बढ्ने क्रम जारी छ ।

त्यस्तै, सप्तकोशी नदिमा पनि जलस्तर बढ्ने क्रम जारी छ । शुक्रबार बिहानसम्म सप्तकोशी नदीको जलस्तर सतर्कता नजिक पुगेको छ । प्रदेश १, २ र ३ का सवै चुरे खोलाहरुमा बहाव सतर्कतामाथि र उच्च खतरा रहेको तथा यो क्रम शनिबारसम्म रहने बताइएको छ ।

View image on TwitterView image on TwitterView image on TwitterView image on Twitter

Nepal Flood Alert! नेपाल बाढी सूचना!
@DHM_FloodEWS
विशेष बाढी सूचना!
२७असार२०७६
बागमती नदीको तराई क्षेत्रमा बहाब खतरा माथि, बढ्दो
कमला र कन्काईमा बहाब सतर्कता तह नजिक, बढ्दो
कोसी नदीमा बहाब सतर्कता तह नजिक, बढ्दो।
प्रदेश १,२ र ३ का सवै चुरे खोलाहरुमा बहाब सतर्कता माथि र उच्च खतरा।
भोलि सम्मै कायम रहने
सवै शक्ति प्रतिकार्यमा लगाऔं

68
9:02 AM – Jul 12, 2019
68 people are talking about this
Twitter Ads info and privacy
बाढी पूर्वानुमान शाखाले बागमती पधेरादोभान बाढी मापन केन्द्रमा शुक्रबार बिहान आठ बजे जल सतह खतराको विन्दुमा पुगेको र त्यो क्रम बढ्दो रहेकाले सर्लाही र रौतहटका तटीय क्षेत्रमा रहेकाहरुलाई सुरक्षित स्थानमा रहन सुचित गराएको छ ।

त्यस्तै, कमला–धनुषा तितरिया मपन केन्द्रमा जलसतह नजिक पुगेको छ । जलसतह बढ्ने क्रम जारी रहेकाले धनुषा र सिराहा जिल्लामा डुवान जारी रहने जनाएको छ । ति जिल्लामा आज बिहानैबाट विभिन्न स्थानका बस्तीहरु डुवानमा परेका छन् ।

त्यस्तै, मेची, नन्दा, विरिङ,मावा, रतुवा नुनखोला, लोहन्द्रा, बुढी खोला, खोसिलिया, सुनसरी, खोला, त्रियुगा, बालन खुट्टी, खाडो, माहुली रातु, लालबकैया लगायतका स्थानहरुमा पानी परिरहेकाले तटिय क्षेत्रहरुमा उच्च सर्तकता अपनाउन भनिएको छ ।

सप्तकोशी नदिमा पनि जलस्तर बढ्ने क्रम जारी छ । शुक्रबार बिहानसम्म सप्तकोशी नदीको जलस्तर सतर्कता नजिक पुगेको छ ।

अझै २,३ दिन भारि बर्षा
हाल मनसुन न्यून चापिय रेखा नेपालको तराईको भू– भागमा अवस्थित रहेकाले वर्षा भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसको साथै मध्य र पूर्वी भू–भागमा न्यून चापिय क्षेत्र समेत रहेको छ जसका कारण आगामि २,३ दिन सम्म मनसुन अति सक्रिय( भैरहने सम्भावना छ ।

देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा समेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडि भूभागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएको उच्च सतर्कता अपनाउनुपर्ने बताइएको छ । साथै, देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढीले रौतहटको जनजीवन प्रभावित भएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।

अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् ।

सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ । तर, वर्षा जारी रहेकाले कठिनाइ भइरहेको छ ।

पूर्व पश्चिम राजमार्ग अवरुद्ध
रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ । भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु शशुक्रबार बिहानबाट जलमग्न छन् । लाल बकैया नदीले रौतहटको बन्जरहाको बाँधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् ।

राताेपाटी अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार