इटहरीमा खोलाले बगाएर एक युवा वेपत्ता

विराटनगरमा एक महिलाको उद्दार

  सरलपाटी संवाददाता

 962 पटक हेरिएको

इटहरी ५ स्थित जनता बहुमुखि क्याम्पस अगाडीको सुकुमारी खोलाले एक युवालाई बगाएको छ । सीमरबना घर भई सोहि स्थानमा ग्रील पसलमा काम गर्ने अन्दाजी ३६ वर्षका सागर थापालाई माछा मार्ने क्रममा बाढीले बगाएको स्थानियले बताएका छन ।

स्थानियहरुले थापालाई खोलाले बगाउदै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानिएका अनुसार बिहान ११ बजे घर नजिकको खोलामा बाढी आएपछि युवक माछा मार्न जाल लिएर निस्केका थिए । सोही क्रममा युवकलाई बढीले बगाएको स्थानियले बताएका छन । स्थानियहरुले थापालाई खोलाले बगाउदै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै इलाका प्रहरी कार्यलयबाट टोलि खटाई खोजिकार्य भईरहेको र हाल सम्म नभेटिएको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) समिरचन्द्र खरेलले जानकारी दिएका छन् ।

यता मोरङको उर्लाबारी नगरपालिका – ६ स्थित मावा खोलाले बगाएकी एक महिलाको बिहीबार दिउँसो प्रहरी र स्थानीयबासीले उद्धार गरेका छन् । उर्लाबारी र दमक नगरपालिकाको सीमा भएर बग्ने मावा खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा सोही ठाउँकी ४६ वर्षीय सुमित्रामाया कुमाललाई खोलाले बगाएको थियो ।

खोलाले बगाएकी महिलालाई इलाका प्रहरी उर्लाबारीबाट प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरीको टोली र स्थानीवासीले उद्धार गरेका हुन् ।
घाइते महिलाको उर्लाबारी– ५ स्थित अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार