सञ्चारमन्त्रीको आँखामा कांग्रेस – दिनभरी बिपी, रातभरी विप्लव

हिंसात्मक गतिविधिलाई साथ दिएको दावी

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई नेत्रविक्रम चन्द समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन्।

मन्त्री बाँस्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाइरहेको दृष्टिकोण स्पष्ट पार्नु आग्रह गरेका हुन्। ‘संविधान, कानुन र शान्तिविरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको?’, उनले प्रश्‍न गरे।  भोजपुरमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीचको झडप हुँदा बुधबार बिहान दुवै पक्षका १/१ जनाको ज्यान गएको थियो ।

‘संविधान, कानुन र शान्तिविरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको?’, उनले प्रश्‍न गरे।

त्यही घटनालाई लिएर कांग्रेसले सरकारले ‘मृत्युको व्यापार’ गरिरहेको आरोप लगाएको थियो ।  त्यसप्रति टिप्पणी गर्दै मन्त्री बास्कोटाले नेपाली कांग्रेसले कानुन र संविधानविपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दावी गरे । ‘कांग्रेसको चरित्र के हो? दिनभरी बिपी, रातभरी विप्लव?’, बाँस्कोटाले भने।

मन्त्री बास्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानबिनका लागि संसदीय समिति गठन गर्न नसकिने अडान पनि दोहोर्‍याए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हत्याकाण्डको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ । मन्त्री बाँस्कोटाले संसदीय समितिले छानबिन गर्दैमा समस्या समाधान नहुने जिकिर गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार