नाराबाजीकै बीचमा चार विधेयक पारित

१० मिनेटमै सकियो प्रतिनिधिसभा बैठक

प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध बीच १० मिनेट चलेर बुधबारको प्रतिनिधिसभाको बैठक सकिएको छ । राष्ट्रिय सभाबाट मंगलबार पारित अर्थ सम्बन्धी चार विधेयक प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी गराएपछि बैठक असार ३० गते बस्ने गरी सकिएको हो ।

दिउँसो १ बजेदेखि सुरु हुने भनिएको बैठक दिउँसो २ः२६ मा सुरु भएर २ः३६ बजे अन्त्य भएको थियो। सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउन साथ कांग्रेस र राजपाका सांसदले उठेर विरोध गरेका थिए। महराले पटकपटक सीट बस्न आग्रह गर्दा पनि विपक्षीको विरोध जारी भएसँगै उनले बैठकको कारवाही अघि बढ्छभन्दा कांग्रेस र राजपा नाराबाजी गर्दै बेलको पुगेका थिए।

उक्त नाराबाजीकै क्रममा सभामुखले राष्ट्रियसभाबाट पारित चार विधेयक बारे जानकारी गराउन सचिव योगीलाई आग्रह गरे। योगीले चार विधेयक पढेर पारित भएको सुनाएपछि सत्तापक्षका सांसदहरुले ताली बजाएर समर्थन गरेपछि सभामुखले अर्को बैठक ३० गते दिउँसो १ बजे बस्ने गरी सकिएको बताए। राष्ट्रियसभाबाट हिजो विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमान (२३ औं संशोधन) विधेयक पारित भएको थियो।
नेत्रविक्रम चन्द समूहका नेता कुमार पौडेल र सर्लाहीको सडक प्रदर्शनमा सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिनको माग गर्दै कांग्रेस र राजपाले नाराबाजी गरेका थिए।

नेत्रविक्रम चन्द समूहका नेता कुमार पौडेल र सर्लाहीको सडक प्रदर्शनमा सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिनको माग गर्दै कांग्रेस र राजपाले नाराबाजी गरेका थिए। हिजो यसै विषयमा विपक्षीका विरोधका कारण संसद अवरोध भएर आज फेरी बसेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार