ओखलढुंगामा बस दुर्घटना, ३ जनाको मृत्यु

मृत्यु हुनेमा झापाका कृष्ण थापा पनि

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-६ डडुवामा बुधबार बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका बस चालक कृष्ण थापा, सोलु दुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुलीका लालबहादुर धामी छन् ।

काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस बिहान करिब साढे तीन बजेतिर सडकबाट ५० मिटर तल खसेको हो । बसमा सवार अन्य १७ जना घाइते छन् ।

त्यसमध्ये गम्भीर चारजनालाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजीवकुमार श्रेष्ठले बताए ।

घाइतेहरु मध्ये ७ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उदयपुर घुर्मीस्थित आस्था र जनसेवा मेडिकलमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार