विधेयकमा जुट्यो सहमति, महासंघको आन्दोलन फिर्ता

विधेयक संशोधनमार्फत सुधार गर्ने सहमति

  सरलपाटी संवाददाता

 476 पटक हेरिएको

मिडिया काउन्सिल विधेयकमा असन्तुष्ट रहेको नेपाल पत्रकार महासंघको आन्दोलन फिर्ता भएको छ।

नेपाल पत्रकार महासंघ र सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपाका महासचिव विष्णु पौडेल, सांसद योगेश भट्टराईलगायतका अधिकारीबीच सिंहदरबारमा भएको छलफलपछि पत्रकार महासंघले आन्दोलन फिर्ताको घोषणा गरेको हो।

छलफलमा सहभागी नेकपाका सांसद योगेश भट्टराईले सरकारले ल्याएका मिडियासँग सम्बन्धित विधेयकमा आवश्यक सुधार गर्नुपर्ने विषय संशोधनमार्फत सुधार्ने सहमति भएको छ। उनले भने, ‘आन्दोलनरत पत्रकार महासंघका पदाधिकारी विधेयकमा रहेका विषयलाई संशोधन र आपसी छलफलबाट सुधार गर्नसकिने कुरामा विश्वस्त हुनुभयो र आन्दोलन स्थगित भएको हो।’

‘आन्दोलनरत पत्रकार महासंघका पदाधिकारी विधेयकमा रहेका विषयलाई संशोधन र आपसी छलफलबाट सुधार गर्नसकिने कुरामा विश्वस्त हुनुभयो र आन्दोलन स्थगित भएको हो।’

भट्टराईका अनुसार सरकारले आगामी दिनमा मिडियासँग सम्बन्धित विधेयक ल्याउँदा पत्रकार महासंघ लगायतका सम्बन्धित पक्षसँग छलफल गर्नेछ। नेकपा राष्ट्रियसभामा मुख्य सचेतक खिमलाल भट्टराईले महासंघका अध्यक्ष गोविन्द आचार्यलाई ध्यानाकर्षण पत्र प्रदान गरेका थिए।

त्यसपछि आचार्यले आन्दोलन फिर्ता भएको घोषणा गरेका थिए। पत्रकार महासंघ मिडिया काउन्सिल विधेयकलगायतका संचार क्षेत्रसँग सम्बन्धित विधेयकको विरोधमा तेस्रो चरणको आन्दोलनमा रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार