महेन्द्र रत्न बहुमुखी क्याम्पसको प्रशासन र पुस्तकालय शाखा दिउँसो मात्र खुलाउने गरेको भन्दै विद्यार्थीले विहान समेत खुलाउन अनुरोध गरेका छन् ।
क्याम्पसले आफू खुसी यी संकायको काम दिउँसोको बनाउँदा विहानी संकाय(व्यवस्थापन र मानविकी)पढ्ने विद्यार्थीलाई समस्या परेको भन्दै विद्यार्थीले क्याम्पसलाई पहिले जस्तै विहान समेत खोल्नका लागि ४८ घण्टे अल्टिमेटम दिएका छन् ।
आज दिउँसो क्याम्पस सहायक प्रमुख समक्ष ज्ञापन पत्र बुझाउँदै विद्यार्थीले तत्काल विहानी संकायमा समेत प्रशासन र पुस्तकालय खोल्नु पर्ने नभए रचनात्मक आन्दोलनमा उत्रिने बताएका छन् ।
विद्यार्थीले विहानी संकायको पढाइ १० बजे सम्म हुने गरेको तर यता प्रशासन र पुस्तकालय भने ११ बजे खुल्दा समस्या पर्ने गरेको बताएका छन् । आज दिउँसो क्याम्पस सहायक प्रमुख समक्ष ज्ञापन पत्र बुझाउँदै विद्यार्थीले तत्काल विहानी संकायमा समेत प्रशासन र पुस्तकालय खोल्नु पर्ने नभए रचनात्मक आन्दोलनमा उत्रिने बताएका छन् ।
सचेत विद्यार्थीहरू महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले विज्ञप्ती जारी गर्दै माग पूरा नभए आन्दोलनमा उत्रिनु पर्ने र त्यसबाट हुने असर क्याम्पसले नै लिनु पर्ने बताएका हुन् । े
विहानी संकायमा पढाइ रहेका संकायको प्रशासनिक र पुस्तकालयको काम कयाम्पले गत बैशाखदेखि दिउँसो मात्र गर्न थालेपछि विद्यार्थीले आपत्ति जनाउँदै आएका छन् । यस अघि विहान पढाइ हुने मानविकी र व्यवस्थापन संकायको प्रशासनिक काम विहानै हुने गरेको थियो । यस प्रति विद्यार्थीले आपत्ति जनाउँदै आएका छन् ।


735 पटक हेरिएको 






