विश्वका स्टार तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई दुई वर्षको प्रतिबन्ध हुन सक्ने भएको छ ।
एकपछि अर्को गरी विभिन्न विवादस्पद अभिव्यक्ति दिएका कप्तान मेस्सीलाई दक्षिण अमेरिकी फटुबल महासंघले दुई वर्षसम्म प्रतिबन्ध लगाउने तयारी गरिरहेको फक्स स्पोर्ट्सले उल्लेख गरेको छ । प्रतियोगिताको अवधिमा मेस्सीले खेल भावना विपरीत बोलेको दक्षिण अमेरिकी फुटबल महासंघको आरोप छ ।
यो खेलमा मेस्सी ३७ औं मिनेटमा मेस्सी र चिलीका ग्यारी मेडेलले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
आफू निर्दोष हुँदाहुँदै पनि रातो कार्ड दिएको भन्दै मेस्सीले असन्तुष्टिसँगै विरोध गरेका थिए । उनले रेफ्रीको निर्णयको पनि आलोचना गरेका छन् ।
कप्तान मेस्सीले कोपा अमेरिका फुटबलमा ब्यापक भ्रष्टाचार भएको र ब्राजिललाई उपाधि दिलाउन अर्जेन्टिनामाथि षड्यन्त्र गरेको मेस्सीको आरोप थियो । त्यस्तै, कप्तान मेस्सीले तेस्रो स्थानको पदक लिन पनि अस्वीकार गरेका थिए ।