इलाम, नेपाल औषधि व्यवसायी संघ इलामको ‘ऐतिहासिक प्रथम अधिबेशन’बाट अध्यक्षमा बासुप्रसाद घिमिरे सर्वसहमतिबाट निर्वाचित हुनुभएको छ । संघको उपाध्यक्षमा राजु बराल, महासचिवमा महेश श्रेष्ठ, सचिवमा विनोद थापा, कोषाध्यक्षमा सुवास राई र उप–कोषाध्यक्षमा अमृत सापकोटा रहनुभएको छ ।
संघको सदस्यमा तुलसीप्रसाद भट्टराई, विपिन राई, दिनेश महत र मनोनित सदस्यमा चन्द्र राईरहनुभएको नवनिर्वाचित अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
संघका मेची अञ्चल शाखा प्रमुख नरेन्द्र बस्नेतको अध्यक्षता र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।