स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् ।मंगलबार अन्तिम फाराम भर्ने समयसीमासम्म सो संख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिएका छन ।
उनकाअनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख तीन हजार ५६७, जनजाति ४३ हजार ३२६, मधेसी २४ हजार ९०, दलित तीन हजार ९१ र अपांग १४६ र पिछडिएका ११६ ले आवेदन दिएका छन् ।५१५ स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो ।
५१५ स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो ।
उनकाअनुसार ती आवेदनबाट रु १४ करोड चार लाख ११ हजार १५० राजश्व संकलन भएको छ ।आयोगले स्थानीय तहको कर्मचारीको पदपूर्तिका लागि साउनको पहिलो सातादेखि परीक्षा सन्चालन गर्ने जनाएको छ ।सर्वोच्च अदालतले गत सोमबार विज्ञापनसम्बन्धी परेको रिटमा सुनवाइ गर्दै आयोगलाई परीक्षा सन्चालन गर्न आदेश दिएको थियो ।