रोकियो नेपालमा आइफा अवार्ड

आखिर किन होला ?

भारतीय फिल्म अवार्ड आईफा अन्ततः नेपालमा नहुने भएको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने निर्णय गरेको हो ।

सामाजिक संजाल, संसद र विभिन्न संघसंथाबाट भएको विरोधमा संसदले पनि ऐक्यबद्धता जनाएपछि सरकार आफ्नो निर्णयबारे पनर्विचर गर्ने अवस्थामा पुगेको थियो।

यही अवस्थामा मंगलबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्ड नेपालमा आयोजना रोक्न निद्देशन दसएपछि सरकार पछि हटेको हो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने पुष्टि गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार