सुवास नेम्वाङको परिचय राजनीतिक नेताका रूपमा मात्र सीमित छैन।सत्तारुढ नेकपा संसदीय दलका उपनेता उनी वरिष्ठ अधिवक्तासमेत हुन्। राजनीतिमा सक्रिय ६६ वर्षीय नेम्वाङको कानुनी विरासत अब उनका २९ वर्षीय छोरा सुहाङ्ग नेम्वाङको हातमा छ।
सुहाङ्गले कानुनी पेसा अंगालेको डेढ वर्ष भयो। उनले अर्का युवा कानुन व्यवसायी रामचन्द्र गौतमसँग मिलेर अनामनगरमा ‘ल फर्म’ सञ्चालन गरेका छन्। हामीले उनलाई भेट्नासाथ ‘अधिवक्ता बन्नुमा तपाईंको आफ्नै इच्छा हो कि बुबाको रहर?’ भनेर सोध्यौं।
जवाफमा उनले भने, ‘एउटा मानिसको इच्छाबेगर केही सम्भव हुँदैन। त्यसैले, मेरो इच्छा र बुबाको रहर दुवै हो।’एसएलसीपछि आफ्ना बाबुले पढ्ने किताब पल्टाउँदा र उनकै अफिसमा गएर फाइल यताउता गर्दा यही क्षेत्र समात्छु भन्ने दिमागमा बसेको उनी बताउँछन्।
जब उनले वकिल बन्छु भनेर पहिलोपटक आफ्ना बाबुलाई भने, त्यो बेला बाबुको चेहरामा खुसी देखेर उनी अझै उत्साहित भए।सुवास नेम्वाङ पनि आफ्नो बुबाबाट सुरू भएको कानुनी पेसालाई छोराले निरन्तरता दिएकोमा खुसी छन्।
जब उनले वकिल बन्छु भनेर पहिलोपटक आफ्ना बाबुलाई भने, त्यो बेला बाबुको चेहरामा खुसी देखेर उनी अझै उत्साहित भए। सुवास नेम्वाङ पनि आफ्नो बुबाबाट सुरू भएको कानुनी पेसालाई छोराले निरन्तरता दिएकोमा खुसी छन्।
‘मेरो परिवारबाट कानुन व्यवसायमा लाग्ने तीन पुस्ता भएको छ,’ उनले भने, ‘मेरो बुबा न्यायाधीश हुनुभयो। अवकाशपछि पनि उहाँले इलाममै बसेर वकालत गर्नुभयो। म आफैं वरिष्ठ अधिवक्ता भएँ। छोराको प्रवेशपछि कानुन व्यवसायमा तीन पुस्ता पुगेकोमा मलाई खुसी लागेको छ।’
नेम्वाङका बाबु रामबहादुर सिन्धुलीगढीमा न्यायाधीश थिए। उनले २०१८ सालमा अवकाश पाए।नेम्वाङले २०३४ सालदेखि सर्वोच्च अदालतमा बहस सुरू गरेका हुन्। उनी सर्वोच्च अदालत बार एसोसिएसनका सचिवदेखि नेपाल बार एसोसिएसनका महासचिवसम्म भए। नेपाल ल क्याम्पसमा प्राध्यापन पनि गरे। २०७० सालमा दोस्रो संविधानसभा निर्वाचन भएयता उनले अदालतमा गएर बहस गरेका छैनन्।
कानुनी क्षेत्रमा होस् या राजनीतिमा, सुवास नेम्वाङ परिचित नाम हुन्। आफ्ना बाबुको यो परिचयलाई सुहाङ्गले कसरी लिन्छन्?’बाहिरतिर जाँदा नाम लिनुपर्ने भयो भने म सुहाङ्ग मात्र भन्ने गर्छु। अफिसियल ठाउँमा जादा सुहाङ्ग नेम्वाङ भन्नुपर्ने हुन्छ,’ उनले भने, ‘जब म पूरा नाम भन्छु, धेरैले मलाई नियालेर हेर्छन्।
कानुनी क्षेत्रमा होस् या राजनीतिमा, सुवास नेम्वाङ परिचित नाम हुन्। आफ्ना बाबुको यो परिचयलाई सुहाङ्गले कसरी लिन्छन्?’बाहिरतिर जाँदा नाम लिनुपर्ने भयो भने म सुहाङ्ग मात्र भन्ने गर्छु। अफिसियल ठाउँमा जादा सुहाङ्ग नेम्वाङ भन्नुपर्ने हुन्छ,’ उनले भने, ‘जब म पूरा नाम भन्छु, धेरैले मलाई नियालेर हेर्छन्। घर कहाँ भनेर सोध्छन्। इलाम भनेर जवाफ दिएपछि सुवास नेम्वाङको कोही हो भनेर नसोध्ने एकदम कम हुन्छन्।’
कानुनी क्षेत्रमा नेम्वाङको लामो अनुभवले सुहाङ्गलाई सजिलो पनि भएको छ। कुनै पनि मुद्दामा बहस गर्दा होस् वा अरू बेला, उनी आफ्ना बाबुसँग सल्लाह र सुझाव लिन्छन्। कानुनी विषयमा छलफल गरिरहन्छन्। नजानेको र नबुझेको कुरा बाबुसँग सोधिहाल्छन्।
‘कहिलेकाहीँ त मलाई यस्तो लाग्छ, कतै मेरो कुराले उहाँ दिक्क मान्नुहुन्छ कि!’ उनले भने।नेम्वाङ पनि कानुनी विषयमा छोरासँग नियमित बहस र छलफल हुने गरेको बताउँछन्। उनी आफ्ना पुराना सेवाग्राहीहरूलाई छोराकहाँ पठाइदिने गरेका छन्।
‘कहिलेकाहीँ त मलाई यस्तो लाग्छ, कतै मेरो कुराले उहाँ दिक्क मान्नुहुन्छ कि!’ उनले भने।नेम्वाङ पनि कानुनी विषयमा छोरासँग नियमित बहस र छलफल हुने गरेको बताउँछन्। उनी आफ्ना पुराना सेवाग्राहीहरूलाई छोराकहाँ पठाइदिने गरेका छन्।
‘बुबाको एउटा राम्रो बानी के भने, उहाँ कुनै पनि काम दिएपछि शतप्रतिशत नतिजा खोज्नुहुन्छ,’ सुहाङ्गले भने, ‘मैले गर्न सक्ने काम छ भने मलाई दिनुहुन्छ। छोरा हो भन्दैमा जस्तो पायो त्यस्तै गर्दिनुहुन्न।’राजनीति र कानुनी क्षेत्रमा पहिचान बनाइसकेका व्यक्तिको सम्पर्कमा अनेक स्वार्थ जोडिएका मान्छे आइपुग्छन्। विस्तारै संगत गरेपछि कुन मान्छे कुन स्वार्थले आएको हो भन्ने पत्ता लाग्ने सुहाङ्गको अनुभव छ।
पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत ‘काठमाडौं स्कुल अफ ल’ बाट कानुनमा स्नातक गरेका सुहाङ्गले त्यहीँबाट स्नातकोत्तर गरिरहेका छन्।कानुनी क्षेत्रमा बाबुको बाटो सामातेका सुहाङ्गको राजनीतिमा छिर्ने इच्छा छ कि छैन होला?
यो प्रश्नको जवाफमा उनले भने, ‘राजनीति भनेको पेसा होइन। आफूलाई बलियो बनाएर लाग्यो भने मात्र राजनीतिमा जनता र देशका लगि केही गर्न सकिन्छ भन्ने बुबाको धारणा छ। म ‘ल फर्म’ बाटै आफूलाई स्थापित गराउने कोशिस गर्दै छु। बलियो हुन सकेँ भने पछि राजनीतिमा पनि लाग्छु होला, त्यो अहिल्यै भन्न सक्दिनँ।’
यो प्रश्नको जवाफमा उनले भने, ‘राजनीति भनेको पेसा होइन। आफूलाई बलियो बनाएर लाग्यो भने मात्र राजनीतिमा जनता र देशका लगि केही गर्न सकिन्छ भन्ने बुबाको धारणा छ। म ‘ल फर्म’ बाटै आफूलाई स्थापित गराउने कोशिस गर्दै छु। बलियो हुन सकेँ भने पछि राजनीतिमा पनि लाग्छु होला, त्यो अहिल्यै भन्न सक्दिनँ।’
यो विषयमा बाबुछोराको धारणा एउटै देखियो।’म राजनीतिलाई पेसा होइन, सेवा मान्छु,’ नेम्वाङले भने, ‘राजनीतिलाई सेवाका रूपमा अगाडि बढाउन छोरा सक्षम होस्, तर यसका लागि सबभन्दा पहिला ऊ कानुन व्यवसायमा बलियो हुनुपर्छ।’
नेम्वाङ २०४८ यता निरन्तर संसदमा छन्। दुई पटक राष्ट्रियसभा सदस्य बनेका उनी २०५६ सालदेखि अहिलेसम्म चार पटक इलामबाट निर्वाचित भए। एकपटक कानुनमन्त्री भएका नेम्वाङ दुईवटै संविधानसभाका अध्यक्ष र सभामुख हुन् भने २०६३ मा पुनर्स्थापित संसद र अन्तरिम संसदका सभामुख पनि। अहिले नेकपाका स्थायी समिति सदस्य र संसदीय दलका उपनेता छन्।
‘कुनै पनि क्षेत्रमा तान्ने र ठेल्ने कुरामा म विश्वास राख्दिनँ। आफैंले आफ्नो क्षेत्र बनाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘कानुनी क्षेत्रमा इमानदारीपूर्वक र पूर्ण क्रियाशील भएर लागेपछि मात्र आफ्नो ठाउँ बनाउन सकिन्छ भनेर छोरालाई सुझाव दिने गरेको छु।’
‘कुनै पनि क्षेत्रमा तान्ने र ठेल्ने कुरामा म विश्वास राख्दिनँ। आफैंले आफ्नो क्षेत्र बनाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘कानुनी क्षेत्रमा इमानदारीपूर्वक र पूर्ण क्रियाशील भएर लागेपछि मात्र आफ्नो ठाउँ बनाउन सकिन्छ भनेर छोरालाई सुझाव दिने गरेको छु।’
छोराले कानुन व्यवसाय सुरू गरिसक्दा पनि उनलाई यो क्षेत्रमा लाग्ने भोक अझै छ। पछिल्लो समय चाहेर पनि अदालतमा बहस गर्न नपाएको उनले बताए।
संविधानसभाबाट संविधान जारी भएपछि उनको इच्छाबारे सोध्दा नेम्वाङले भनेका थिए, ‘जनताले बनाएको संविधान लिएर सर्वोच्च अदलतमा बहस गर्ने इच्छा छ।’त्यो इच्छा अझै नमरेको उनी बताउँछन्।’छोरा र उसको साथी हामी कार्यालय बनाउँछौं, जहाँ एउटा कोठा तपाईंका लागि पनि राख्छौं भनिरहेका छन्,’ उनले भने, ‘त्यस्तो भएछ भने र समय मिलेछ भने त्यता पनि सोच्नुपर्ला।’
‘अहिलेलाई तेस्रो पुस्ताका रूपमा कानुनी क्षेत्रमा आएको मेरो छोरालाई शुभकामना,’ उनले भने।
सेताेपाटी अनलाइन


1054 पटक हेरिएको 






