यस वर्ष एसईई परीक्षा दिएकी सांसद शान्ता चौधरीले बी ग्रेड पाएकी छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार उनले २.६५ जीपीए ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् । आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् । अभिनेत्री करिश्मा मानन्धर एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित उत्तिर्ण भएकी छन्। २०७५ सालमा उनले एसईई परीक्षा दिएकी हुन् ।
तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो ।
यो वर्ष ४ लाख ५० हजार २७५ परिक्षार्थी एसइइ मा सहभागी भएका थिए ।