यसरी हेर्नुहोस् नतिजा

एसइईको नतिजा आजै प्रकाशन गर्दै

  सरलपाटी संवाददाता

 613 पटक हेरिएको

२०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक गर्ने तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षाको नतिजो सार्वजनिक गर्न बिहीबार दिउँसो २ बजे बोर्ड बैठक बोलाबआइएको छ ।
गत चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । नतिजाकाे लागि नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन्।

त्यसैगरी टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाआआबारे जानकारी लिन सक्नेछन्। परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results र नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार