यात्रुवाहक बसको ठक्करबाट झापामा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा मेचीनगर नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीय घनश्याम गडतौला रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तरगत काँकडभिट्टाबाट धरानतर्फ गइरहेको को १ ख ७६६५ नम्बरको नारायणी यातायातले मेचीनगर १० स्थित नगडुब्बा पुल नजिकै पैदलयात्री गड्तौलालाई शनिवार दिउँसो २ बजे ठक्कर दिएको थियो ।

यता बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि आक्रोशित स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए । पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुँदा यातायातका सवारीसाधन ठप्प भएका थिए ।

पैदलयात्रीको मृत्युपछि घटना स्थितिलाई साम्य बनाउन घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीकै सुरक्षा घेरामा यातायातका सवारीसाधन सुचारु गरिएको डिएसपी श्रेष्ठको भनाई छ ।