६८ औं स्काउट दिवशमा बजार सरसफाइ

स्काउट दिवश

  सरलपाटी सम्वाददाता

 556 पटक हेरिएको


इलाम । ६८ औं नेपाल स्काउट दिवशको अवसरमा अमर स्काउट दलले विब्ल्याँटे बजारमा र्याली गर्नका साथै सरसफाइ गरेको छ ।
अमर टु्रपका स्काउटका विद्यार्थीहरुले इलाम नगरपालिका ५ मा रहेको देविथानदेखि बिब्ल्याँटे बजार हुँदै वडा कार्यालयसम्म स्काउटका विद्यार्थीहरुले सरसफाइ गरेका छन् ।
देवीथानबाट शुरु भएको र्याली अमर माविमा पुगेर समापन भएको थियो । र्यालीसँगै स्काउट दलका विद्यार्थीहरुले सरसफाइ पनि गरेका थिए । गत वर्षदेखि अमर माविमा गठन भई सञ्चालनमा रहेको स्काउट दलले विभिन्न चेतनामुलक कार्यक्रमहरु गर्दै आएको स्काउटर शिक्षक अर्जुन शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार