इलाम, केही दिन अघि लोक सेवा आयोगले निकालेको स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक र प्राविधिक तर्फका पदको विज्ञापन संविधान विपरीत भएको भन्दै नेपाल आदिबासी जनजाति महासंघ इलामले विज्ञापन तत्काल खारेज गर्न माग गरेको छ । महासंघले विज्ञापनमा समानुपातिक समोवेशीकरणको ठोस नीति तथा कार्यक्रम अवलम्बन नगरेको भन्दै यो त्रुटि सच्याएर अघि बढ्न आज विज्ञप्तीमार्फत अनुरोध गरेको हो ।
महासंघका अध्यक्ष चक्र एक्तेन (अभिषेक)को हस्ताक्षरीत विज्ञप्तीमा कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था तथा २०७६ साल जेठ ६ गते नेपाल सरकार मन्त्री परिषद्को निर्णयले स्थानीय तहमा रिक्त रहेका पदहरूको परीक्षाद्वारा ९ हजार एक सय ६१ संख्या पदपूर्तिका लागि दरखास्त आह्रवान गरिएको विज्ञापन संविधान विपरीत रहेको भन्दै महासंघले घोर भत्र्सना गरेको जनाएको छ ।