लागु औषध विरुद्ध ‘म अघि बढ्छु’ अभियान

  सरलपाटी सम्वाददाता

 1042 पटक हेरिएको

इलाम।लागु औषध दुब्र्यसनलाई न्युनिकरण गर्न प्रदेश सरकारले विद्यार्थी केन्द्रित म अघि बढ्छु अभियान चलाउने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत विद्यार्थी केन्द्रित अभियान सञ्चालन हुँदैछ ।
कार्यक्रमको औपचारिक घोषण नभएपनि जिल्ला स्तरमा अनुगम समितिको गठन, पालिकास्तरमा अनुगमन समितिको ठगन र विद्यालय छनोट भइरहेका छन् । कक्षा नौ देखि १२ कक्षासम्म अध्यनरत विद्यार्गीलाई लागु औषध विरुद्ध चेतना बढाउने, नैतिक जिम्मेवार बनाउने तथा सामाजिक उत्तर दायित्व निर्वाह गर्नसक्ने बनाउने, उनीहरुलाई वतावरणको संरक्षण र प्रकोप ब्यवस्थाप गर्नसक्ने बनाउने, सामाजिक काममा लाग्ने उत्प्रेरित गर्ने, राष्ट्रियताको भावना जागृत गर्ने विभिन्न हिसाँका बारेमा जानकारी गराए त्यस बिरुद्ध लाग्न उत्प्रेरित गर्ने लगात ११ वटा उद्देश्य राखेर अभियान चलाउने तयारी भइरहेको छ ।
इलामबाट पनि अभियान सञ्चालन गर्न पालिकाबाट विद्यालय छनोटको काम भइरहेको कार्यक्रमका मुख्य प्रशिक्षक रविन्द्र सुवेदीले बताए । ‘टिन एजका किशोर किशोरीमा लागु पदार्थको तल बढ्दै गएकाले विद्यालय स्थतरमा अभियान सञ्चालन गर्न लागिएको हो,’उनले भने,‘एक अध्ययनले ३१ प्रतिशत लागु औषध प्रयोगकर्ता प्लस टुका विद्यार्थी भएको पाइएको छ ।’ असार अघि एक प्रदेशका सवै स्थानीय निकायको कम्तिमा एउटा विद्यालयबाट अभियान प्रारम्भ हुँदैछ । अर्को वर्ष माध्यमिक तहको प्रत्येक विद्यालयमा अभियान चलाउने प्रदेश सरकारको तयारी छ ।
अभियानको लागि प्रत्येक विद्यालयमा सगरमाथा टिन्स क्लव स्थापना गरिने छ । विद्यालयमा कार्यरत शिक्षकमध्ये एक जनालाई शिक्षक नायक छनोट गरेर आवश्यक तालिम गराइने छ । तालिमप्राप्त शिक्षकले विद्यार्थीले उत्प्रेरित गर्नेछन् । विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनको लागि सरकारले बीउ पुँजीको रुपमा प्रत्येक वर्ष पाँच हजार रुपैयाँ दिने आन्तरिक मामिला तथा कानुन मन्त्रालय म अघि बढ्छु कार्यक्रमका संयोजक नवराज राईले जानकारी दिए । ‘मन्त्रालयले प्रत्येक वर्ष पाँच हजार रुपैयाँ बिऊ पुँजी दिन्छ, त्यसमा दाताले रकम थप्दिनपनि सक्छन्,’राइले भन्छन्–‘सगरमाथा टिन्स क्लवले अतिरिक्त क्रियाकलापको लागि रकम खर्च गर्नेछ ।’
एक नम्बर प्रदेशमा एक हजा नौ सय ६५ माध्यमिक तहका विद्यालय छन् । प्रत्येक विद्यालयमा पाँच हजारका दरले रकम विनियोजन गर्दा प्रदेश सरकारले ९८ लाख २५ हजार रुपैयाँ खर्चिनु पर्छ । एक नम्बर प्रदेशका माध्यमिक तहमा रहेका विद्यालयको करिव दुई लाख विद्यार्थीमा अभियान पुग्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार