मिडिया छाडा छाड्नु हुन्नः नेम्बाङ्ग

  सरलपाटी सम्वाददाता

 657 पटक हेरिएको


पाँचथर। नेकपाका केन्द्रीय सदस्य तथा संविधानसभाका पूर्व सदस्य आइन्द्रसुन्दर नेम्बाङ्गले मिडियालाई नियमन गर्नका लागि मिडिया विधेयक आवश्यक रहेको बताएका छन् ।
मानवअधिकार रक्षक परिषदको पाँचथरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै नेम्बाङ्गले पत्रकारिता स्वतन्त्रताको नाममा अराजक बन्न नहुने बताउँदै नियमनका लागि कानुन आवश्यक रहेको बताएका हुन् । उनले मिडियाले व्यक्तिको चरित्र हत्या गर्ने र मानवअधिकार हनन् गर्दै मानिसलाई आत्महत्यासम्म पुर्याउने गरेको भन्दै मिडियालाई छाडा छोड्न नहुँने बताए ।
परिषदको पाचौं वार्षिक उत्सव कार्यक्रममा नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व सभापति तथा अधिकारकर्मी प्रेम ओझालाई सम्मान गरिएको छ ।
मानवअधिकार रक्षकका अध्यक्ष सोमराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वका १६ जिल्लाका अधिकारकर्मीरुको सहभागिता रहेको छ ।
कार्यक्रममा परिषदका महासचिव प्रकाश अधिकारी, उपाध्यक्ष विष्णु खरेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार